मादिबाट धरान आउँदै गरेकाे यात्रुबाहक बस दुर्घटना, कम्तिमा १८ जना घाइते
देउराली । संखुवासभा जिल्लाकाे धर्मदेवी नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा १८ जना घाइते भएका छन् ।
४ण जना भन्दा बढी यात्रु बाेकी मादि नगरपालिकाबाट धरान तर्फ आउँदै गरेकाे काे १ ख २८२४ नम्बरकाे शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिकै बगरमा दुर्घटना भएकाे मादि नगरपालिकाका मेयर विदुर लिङ्थेपले जनाएका छन् ।
उनका अनुसार दुर्घटनामा घाइत भएकाहरूलाई गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीले उद्दार गरी धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा घाइतेहरू मध्ये १८ जना उपचारकालागी ल्याइएकाे छ ।
अन्य केहि घाइते भने स्थानिय हेल्पिङहेन्ड सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ । सडकबाट २० मिटर भन्दा तल खसेकाे बसकाे स्टेरिङ् फेल भएर दुर्घटना भएकाे बताइएकाे छ ।
चालक धरान १५ का अन्दाजी वर्ष ५४ का विष्णु रसाईली इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा रहेकाे उक्त कार्यालयले जनाएकाे छ ।
2 Apr 2021
ताइवानमा ट्रेन दुर्घटना हुँदा कम्तिमा ३६ जनाकाे मृत्यु
ताइवानकाे एक सुरूङमा शुक्रबार बिहान यात्रुबाहक ट्रेन दुर्घटना हुँदा कम्तिमा ३६ जनाकाे मृत्यु भएकाे छ ।
ताइवानका परवाहन मन्त्रालयले दुर्घटनामा परी कम्तिमा ७२ जना यात्री घाइते भएकाे र उनिहरूलाई उपचारकालागी अस्पताल पुर्याइएकाे जनाएकाे छ । ताइवान रेल्वे प्रशासनका अनुसार आठ क्यारेज ट्रेन ३५० जना यात्रु लिएर ताइतुग तर्फ गइरहेकाे थियाे ।
हुलिएनकाे उत्तरमा रहेकाे उक्त सुरूङमा उक्त ट्रेन बिहान करिब ९ ३० मा दुर्घटना भएकाे हाे ।
दुर्घटना स्थलमा केन्द्रिय आपतकालीन सेवाका टाेलीले उद्धारकार्य गरिरहेकाे ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।
2 Apr 2021
Deurali podcast
Deurali Podcast
Host of देउराली पडकास्ट?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.